• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

धनगढीका ९ विद्यालय समायोजन, ३ विद्यालय अटेर गर्दै

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित

कैलाली- धनगढी उपमहानगरपालिकाले नौ वटा विद्यालयलाई समायोजन गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि कार्यपालिका र नगर सभाको निर्णय बमोजिम भौतिक पूर्वाधार र शिक्षक अभाव तथा न्यून विद्यार्थी भएका विद्यालयहरूलाई विद्यालय समायोजन तथा दरबन्दी मिलान नियमावली– २०८० बमोजिम समायोजन गर्ने काम भएको हो । उपमहानगरले यो वर्ष १४ विद्यालय समायोजन गर्ने निर्णय गरेकोमा बिहीबार सम्म ९ विद्यालय समायोजन भएका हुन् ।

गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले समायोजन गर्ने निर्णय भएका मध्ये धनगढी–११ को जोकै या आधारभूत विद्यालय बेला आधारभूत विद्यालयमा समायोजन भएको छ । धनगढी–१८ को नेपाल भूपू सैनिक आधारभूत विद्यालयको कक्षा २ र ३ खप्तडी आधारभूत विद्यालयमा समायोजन गरिएको छ । धनगढी–१७ को कालिका आधारभूत विद्यालयको कक्षा ४ र ५ वडा नम्बर १७ कै न्यु कालिका आधारभूत विद्यालयमा समायोजन भएको छ ।

धनगढी–६ को भैरवबाबा आधारभूत विद्यालयको कक्षा ६–८ बासुदेवी माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । उपमहानगरको निर्णयअनुसार धनगढी–९ को सरस्वती आधारभूत विद्यालयको कक्षा ६–८ धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा समायोजन गरिएको हो ।

यसैगरी धनगढी–१२ को नवदुर्गा आधारभूत विद्यालयको कक्षा ६–८ दुर्गा आधारभूत विद्यालयमा, वडा नम्बर १५ को जनजागृति आधारभूत विद्यालयको कक्षा ६–८ राष्ट्रिय माध्यमिक विद्यालयमा समायोजन गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
यस्तै, धनगढी–१३ को जनता राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९–१० जनता राष्ट्रिय माध्यमिक विद्यालय कैलाली गाउँमा समायोजन गरिएको छ भने वडा नम्बर १७ को दिपेन्द्र चारपाते माध्यमिक विद्यालयको ९ र १० बेहडाबाबा माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।

उपमहानगरले १४ विद्यालय समायोजन गर्ने निर्णय गरे पनि साउन मसान्तसम्म ९ विद्यालय मात्रै समायोजन भएका छन् । पाँच विद्यालय अझै समायोजन भएका छैनन् । धनगढी–२ को शैलेश्वरी आधारभूत विद्यालयको कक्षा १–५ शारदा माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय प्रथम त्रैमासिक परीक्षा लगत्तै हुने सहमति भएको छ भने त्रैमासिक परीक्षा लगत्तै धनगढी–७ को नवज्योति आधारभूत विद्यालयको कक्षा १–५ शिव माध्यमिक विद्यालयमा समायोजन हुने समहमति भएको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

तीन विद्यालय समायोजन नहुने अड्डीमा

धनगढीका तीन विद्यालयले समायोजन गलत भएको भन्दै समायोजन प्रक्रिया स्थगन हुनुपर्ने माग गर्दै आएका छन् । धनगढी–५ तारानगरको राष्ट्रिय आधारभूत विद्यालय, धनगढी–१२ को बेहडाबाबा आधारभूत विद्यालय र धनगढी–१४ को सिद्धार्थ आधारभूत विद्यालयले समायोजनको निर्णय सच्याउन माग गर्दै आएका छन् ।

तारानगरको राष्ट्रिय आधारभूत विद्यालयमाको आधारभूत तह पञ्चोदय माध्यमिक विद्यालयमा, बेहडाबाबा आधारभूत विद्यालयको कक्षा १–५ सिद्धनाथ माध्यमिक विद्यालयमा र वडा नम्वर १४ एचगाउँको सिद्धार्थ आधारभूत विद्यालयको कक्षा ६–८ लाई सर्वोदय माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय भएको थियो ।

समायोजनमा जान अटेर गरिरहेका विद्यालयका केही शिक्षक, विद्यालय व्यवस्थापन समिति र केही अभिभावकले समायोजन प्रक्रिया गलत भएको बताउँदै आएका हुन् ।

फोटो
१ – समायोजन भएर आएका विद्यार्थीलाई बिद्यालयमा स्वागत गर्दै,  २ – समायोजन भएर आएका र सोहि स्कुलका भएका विद्यार्थीसँगै एउटै लाईनमा बसेर प्राथना गर्दै ।

 

  • विद्यालय समायोजन
शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

समाचार

सबै

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.