धनगढी- कैलालीमा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूऔषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारी साधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले शुक्रबार र शनिबार लागूपदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए ।













