• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

सात वर्ष पछि बन्यो तमैलको पक्की पुल, स्थानीय खुसी

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोड्ने स्थानीय तमैल बजार सेती नदीमा करोडौँको लागतमा निर्माण भएको पक्की पुल सम्झौता भएको सात वर्ष पछि निर्माण भएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीहरुमा खुसी छाएको छ ।

ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार २०७५ असार मसान्त सम्म सम्पन्न गरी सक्नुपर्ने भए पनि कम्पनीको लापरबाही सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम समयमै सम्पन्न हुन सकेको थिएन ।

पक्की पुल निर्माण भएपछि सेती पारीसम्म यातायात सञ्जाल जोडिने भएको छ । समयमै पुल नबने पछि स्थानीयहरूले पुल निर्माण कार्यलाई छिटो बनाउन’ पर्ने भन्दै विभिन्न निकायमा धाउँदै आएका थिए ।

२०७८ असोज ३० गते देखि कात्तिक ३ गते सम्म आएको बेमौसमी बाढीका कारण पुल रहेको तमैल बजार तिरको भू–भाग सेती नदीले कटान गरे पछि पुल निर्माण कार्य थप अन्योलमा परेको थियो । सेती लोकमार्ग सडक आयोजनाले नदीले कटान गरेको भू–भागका लागी गएको आर्थिक वर्षमा छुट्टै सात करोड रुपियाँको लागतमा बोलपत्र आह्वान गरी निर्माण कार्य गरेपछि अहिले पुल निर्माण भएको हो ।

बझाङ जिल्लाको सबैभन्दा ठुलो र बढी लागतमा निर्माण भएको यो पुल बने पछि खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका स्थानीयवासीहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् भने छिमेकी जिल्ला बाजुरा, अछाम जानपनि सहज हुने भएको छ ।

वर्षौँ देखि स्थानीयवासीले दैनिक उपभोग्य बस्तु तथा अत्यावश्यक सामान समेत ढुवानी गर्दा महँङ्गो तथा खर्चिलो हुने गरेको थियो भने यातायात समेत नियमित हुन नसक्दा अनावश्यक हैरानी खेप्नु परेको थियो । स्थानीय मेखराज रावलले भने, ‘पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दाहरूलाई ठुलो राहत भएको छ, पुल नहुँदा स्थानीयहरूले सामान ढुवानी गर्नुपर्दा समान बरावरकै मूल्य ढुवानीमा जान्थ्यो , निकै दुख थियो अब भने राम्रो भयो । ’

८० मिटर लम्बाई रहेको यस पुलको ३ वटा स्पान रहेका र पाईल स्टम वाट पिल्लर राखी माथि सिमेन्टे ढलान गरिएको छ । जमिन भित्र १६ मिटर मेसिन दबाएर २० वटा पाईल बनाइ एक वर्ग मिटर सहितको जमिन भित्र वाटै सिमेन्ट ढलान गरेको ठेकदार कम्पनीले बताएको छ । खुला जग खनेर पिल्लर ढलान सहितको डिजाइन भएको भए पुलको काम छिटो हुन्थ्यो तर नयाँ डिजाइन पाईल स्टमवाट पिल्लर राख्नु पर्ने भएकाले काम ढिलो भएको बताएको छ ।

तमैल पट्टिको भू–भागमा बाढीले कटान गरेर लिएपछि अहिले फेरि थप सात करोडको लागतमा टेन्डर गरी ग्याबिन जाली लगाएर माटोले पुरेर पुल तयार गरेको छ । सेती लोकमार्ग अन्तर्गत चैनपुर ताक्लाकोट सडक आयोजनाका प्रमुख तुलाराम शर्माले भने, ‘ पुलमा गाडी ओहोर दोहोर हुने अवस्था भएपनि अझ केही काम बाँकी रहेको छ ।

अबको केही दिनमा पुलमा निर्बाध रूपमा गाडी ओहोर दोहेर हुनेछन् ’ । उनले पुल निर्माणका लागी पहिला एच के कन्स्ट्रक्सन प्रा।लीले ११ करोड र अहिले सुर्मा सारोवर र बंर्जङ्गवली जेभीले ७ करोड गरी जम्मा १८ करोड तागत रहेको समेत बताए ।

तमैलमा पुल बन्ने होइन भनेर निराश भएका छान्ना लगायत सेती पारीका स्थानियवासीहरु अहिले भने खुसी भएका छन् । सेती नदीमा पुल नभएकाले हिउँदमा काठको पुल हालेर छान्ना तर्फ तराएर चलाउँदै आएका थिए । गोरखापत्रबाट

  • तमैलको पक्की पुल
सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

समाचार

सबै

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.