• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

केरामा पानामा ओइलाउने रोगको नयाँ प्रजाति ‘टिआर ४’ टिकापुरमा भेटियो

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित

कैलाली – नेपालको केरामा पानामा ओइलाउने रोगको नयाँ प्रजाति ‘टिआर ४’ फेला परेको छ । टिआर ४ प्रजाति नेपालमा पहिलोपटक फेला परेको हो । कैलालीको टिकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुरले सोमबार केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस ’दयगतमा जानकारी गराएको हो । उक्त केन्दका बैज्ञानिक डा. रामबहादुर खडकाले केरामा पानामा रोगको प्रजाति टिआर ४ नेपालमा पहिलो पटक टिकापुर क्षेत्रमा फेला परेको बताए ।

‘पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । यो रोग फ्यूजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्धारा लाग्दछ । यो ढुसीको ४ वटा रेसहरु ९प्रजाति० हुन्छन् । ती मध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्दछ । नेपालमा मालभोग र अरु स्थानीय जातका केरामा रेस १ लाग्ने गर्दछ’ बैज्ञानिक खडकाले भने, ‘गएको ७÷८ बर्षमा यो रेसले चितवन लगायत धेरै क्षेत्रमा केरामा नोक्सानी पुर्याउँदै आएको छ । यी रेसहरु १, २ र ३ बाहेक रेस ४ जसलाई ट्रोपिकल रेस ४ ९टिआर ४० भनेर चिनिन्छ जुन केरा खेतीका लागि सबैभन्दा खतरनाक मानिन्छ ।’

टिकापुर क्षेत्रको केरामा टिआर ४ फेला परेको पुष्टि पिसिआरको साथै जिन सिक्वेस्सिङ विधिद्धारा गरिएको उनले बताए । यो टिआर ४ ले खासगरी जि नाइन, विलीयम हाइब्रिड लगायत धेरैजसो केराका जातहरुमा आक्रमण गर्ने गरेको बैज्ञानिक खडकाले बताए । यो टिआर ४ केरा खेती गरिने अन्यत्र क्षेत्रमा फैलिएमा नेपालको फस्टाउँदो केरा खेतीमा ठुलो नोक्सानी पुर्याउँन सक्ने उनले बताए ।

राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायको टोलीले सूचना प्राप्त भएपछि टिकापुर क्षेत्रका किसानले लगाएको केरा खेतीको अवलोकन गरेको थियो । १० साउनमा सो क्षेत्रका नौ जना कृषकले लगाएको आठ हजार केराका बोटलाई प्रत्यक्ष अवलोकन गरेका थिए ।

‘हामीले अवलोकन गर्दा पानामा रोगसंग मिल्दोजुल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा फ्यूजारिय अक्सिस्पोरियम क्युवेन्सिका बीजाणुहरु भेटिएका थिए’ बैज्ञानिक खडकाले भने, ‘त्यसपछि उक्तः बीजाणुबाट डिएनए निकालेर टिआर ४ विशेषको प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ भेटियो । उक्त पिसिआर प्रडक्टलाई हङकङ स्थित बेइजिङ जिनोमिक इन्स्टिच्यूटमा सिक्इयुनिन्संग गर्दा टिआर ४ भएको पुष्टि भयो ।’

अहिले ग्रिन हाउसमा तीन भिन्न भिन्न जातका केरामा कृत्रिम रुपमा राखेर यसको लक्षणहरुको बिकासक्रमलाई अध्ययन गर्ने काम भईरहेको छ । अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्यले यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेलो हुने बताए ।

त्यसपछि पातको किनारा पहेलिन थाल्छ र पात सुकेर डाँठहरु भाँचिने गरेको उनले बताए । थाम ठाडो चिरेर भित्र हेर्दा खैरो गानाबाट पुप्पातिर फैलिएको देखिन्छ । जराहरु कालो हुन्छन र सडछन जसले गर्दा पानामा ओइलाउने रोग लागउाँने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्ने बैद्यले बताए ।

कृषि विभागका महानिर्देशक डा।हरिबहादुर केसीले यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म संक्रमित विरुवा, माटो, पानी र कृषि औजारबाट सर्न सक्ने बताए । त्यसको अलावा केरा बोक्न गाडीको टायर, मान्छेको जुता, चप्पलमा टाँसिएको माटो मार्फत एक खेतबाट अर्को खेतमा सर्ने सम्भावना त्यतिकै भएको उनले बताए ।

यो रोग खास गरी भारतबाट आयातीत जी नाइनका विरुवामा रोगको प्रकोप बढी देखिएको छ । अनुसन्धान केन्द्रले चितवन र नवलपरासीबाट आयात गरिएका मालभोग जातका केरामा पनि पानामा रोगका लक्षण देखिएका छन् । यद्यपि ती लक्षण रेस ४ वा रेस १ के ले गर्दा हुन भन्ने कुरा भने एकिन गर्न बाँकी नै रहेको छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायले अनुसन्धान केन्द्रले यस’दयगतमा सम्बन्धित ठाउँमा गई सरोकारवालाहरुसंग छलफल एवं निरिक्षण गरी थप जानकारी संकलन गर्नका लागि एक समिति गठन भएको जानकारी दिए ।

डा. रामबहादुर खडकाको संयोजकत्वमा गठित समितिमा प्रकाश पौडेल, बसन्त चालिसे, राजिवराज भण्डारी, देवराज अधिकारी, बशिष्ठ आचार्य र संयम पंडित सदस्य रहेको उनले बताए ।

उक्त पत्रकार सम्मेलनमा कैलालीबाट प्रतिनिधि सभा सदस्य रुपा चौधरी, टीकापुर नगरपालिकाका उपप्रमुख खड्गबहादुर शाह, नार्कका निमित्त कार्यकारी निर्देशक डा। कृष्णकुमार मिश्र लगायतको सहभागिता थियो ।

 

  • टिआर ४
मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

समाचार

सबै

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.