• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

चिनी मिलले केमिकलयुक्त पानी नालामा बगाइदिएपछि दुई सय बिघाको धानबाली नष्ट

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको एक चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण सयौँ बिघा जमिनमा रहेको धानखेती नष्ट भएको छ। पुनर्वास नगरपालिका- २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको लापरबाहीका कारण झन्डै दुई सय बिघा जमिनको धानखेती नष्ट भएको हो।

उद्योगको लापरबाहीले पुनर्वास नगरपालिका २, ५, ६ र ७ क्षेत्रका स्थानीय किसानको सिमरीखोला वारिपारिको खेतको धानखेती नष्ट भएपछि स्थानीय किसान मर्कामा परेका छन्। सबैभन्दा बढी ५ नम्बर वडामा क्षति गरेको स्थानीयले बताए।

स्थानीय किसानले उद्योगको लापरबाहीले गत असारमा लगाएर असोजमा फल्ने धानको जरैदेखि सखाप भएको बताएका छन्। दैनिक जीवन चलाउने धानखेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि बिचल्ली भएको छ।

चिनी मिलले केमिकलयुक्त फोहोरोपानी सिमरी नालामा बगाइदिएपछि धानखेती पूर्ण नष्ट भएको किसानले बताएका छन्। पुनर्वास नगरपालिका– ५ सिमरीका स्थानीय किसान राजु चौधरीले चिनी मिलले केमिकलयुक्त फोहोरोपानी नालामा बगाइदिएपछि धानखेती नष्ट भएको बताए।

‘चिनी मिलले आफ्नो उद्योगबाट निस्किने फोहोरपानी नालामा बगाइदिन्छ,’ उनले भने, ‘धानखेतीका साथै मानिसलाई छालासम्बन्धी रोग लागिरहेको छ।’

अर्का स्थानीय रामेश्वर रानाले उद्योगको चरम लापरबाहीले धानखेतीसहित अन्य अन्नबालीसमेत सखाप भइरहेको बताए। ‘हरेक वर्ष चिनी मिलले उद्योगबाट निस्किएको फोहोरपानी उत्तिकै छाडिदिन्छ,’ उनले भने, ‘यसले अन्नबालीदेखि खेतकै उर्वराशक्तिमा ह्रास ल्याइरहेको छ।’

अर्की स्थानीय सावित्री चौधरीले उद्योगले फोहोरपानी वेलावेलामा बगाउँदा धानखेती नष्ट भएको बताइन्। उनले भनिन्, ‘यसबारे पटक–पटक स्थानीय सरकारलाई जानकारी गराउँदा पनि हाम्रो समस्याको कुनै सुनुवाइ भएन।’

पुनर्वास नगरपालिका– ७ का वडाध्यक्ष मुलचन्द्र रानाले उद्योगकै लापरबाहीले किसान मारमा परेको बताए। ‘पटक–पटक गैरकानुनी रूपमा उद्योगको फोहोरपानी नालामा नबगाउन हामीले आग्रह गर्छौँ, मान्दै मान्दैन,’ वडाध्यक्ष रानाले भने, ‘अब पालिकाले कानुनी रूपमै एक्सनमा जानुपर्छ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झन्डै ५०–६० किसानको दुई सय बिघा हाराहारीको जमिनको धानखेती नष्ट भएको बताए।

‘हामीले गत २१ साउनमा प्राविधिक टोलीसहित अध्ययन पनि गरेका छौँ,’ उनले भने, ‘त्यहाँबाट धान र माटोको नमुना ल्याए, के कारणले धानखेती नष्ट भएकोबारे परीक्षणका लागि ल्याबमा पठाएका छौँ।’

हरेक वर्ष दोदामा आउने बाढीले समेत धानबालीमा ठूलो क्षति गर्दै आएको छ। यस वर्ष पनि दोदामा बाढी आएको र त्यहीसँगै उद्योगले नालामा फोहोरपानी बगाएकै कारण धान खेती नष्ट भएको किसानको जनगुनासोअनुरूप कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै कारण पत्ता लगाउने काममा जुटेको बताए।

भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले केमिकलयुक्त फोहोरपानी नालामा नबगाएको जनाएको छ। भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिका मेकानिकल इन्जिनियर पदाराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोरपानी नबगाएको बताए।

‘हाम्रो उद्योगबाट निस्किएको फोहोरपानी यतै व्यवस्थापन हुन्छ,’ उनले भने, ‘सिमरी खोलामा पुल निर्माणकार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको होला, अहिले मिल बन्द छ, फोहोरपानी आउने कुरै भएन।’

उद्योग सञ्चालनका वेला फोहोरपानी सानै खोलामा जाने उनले स्वीकार गरेका छन्। यसरी फोहोरपानी तथा वस्तु पनि वातावरणीय हिसाबले नदीखोला, नालामा बगाउनु वातावरण संरक्षण ऐनविरुद्धको कार्य हुन जान्छ। नयाँपत्रिकाबाट

 

  • धानबाली नष्ट
मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

समाचार

सबै

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.