धनगढी- कैलालीको धनगढीबाट साढे ८ लाख मुल्य बराबरका अबैध सामान प्रहरीले बरामद गरेको छ। शनिवार धनगढीका विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको हो। धनगढी उपमहानगरपालिका–६ जाईबाट ८ लाख दुई हजार २१० मुल्य बराबरका कपडासहित से १ ह २१८६ नम्बरको अटो प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट पनि करिब १७ हजार मुल्य बराबरका चिनी र श्रृंगारका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ राष्ट्र बैंक नजिकबाट समेत प्रहरीले करिब ३८ हजार पाँच सय मुल्य बराबरका लेडिज सुट बरामद गरेको छ।













