धनगढी- कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ का ६० वर्षीय दुर्गा घलेको घर भित्र जुवातास खेलिरहेको अवस्थामा घलेसहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५ हजार ८५ रुपैँया र पाँच बुक ताससहित पक्राउ गरेको हो।













