कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागूऔषधसहित दुई जना बिहीवार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त ४ का २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना रहेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले बताएको छ।













