• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

प्लास्टिकले ढाक्यो धनगढीको जाखोर ताल

  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

धनगढी- प्लास्टिकमुक्त धनगढी उपमहानगरपालिकाकै जाखोर ताल प्लास्टिकले भरिन थालेको छ । प्लास्टिक निषेधित क्षेत्र भनिए पनि तालको यत्रतत्र जथाभावी प्लास्टिकको प्रयोग र उत्सर्जन गरेको देख्न सकिन्छ । यो उपमहानगरपालिकाभित्र प्लास्टिक प्रयोगमा रोक लगाएको दुई वर्ष भइसकेको छ ।

प्लास्टिकजन्य वस्तुबाट हुने फोहोर र वातावरणीय प्रदूषण रोक्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालयले २०७९ साल असोज १ गतेबाट नगर क्षेत्रमा प्लास्टिक प्रयोगमा रोक लगाएको थियो तर प्लास्टिक निषेधित यो पालिकाको वडा नम्बर ७ मा रहेको जाखोर ताल प्लास्टिकले कुरूप मात्रै नभई प्रदूषित पनि भइरहेको छ ।

आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य जाखोर तालमा रमाउन आउने पर्यटकले नै ताल क्षेत्रलाई प्रदूषित बनाइरहेका छन् । उनीहरूले आफूसँगै ल्याएको प्लास्टिक, पानीको बोतल, जुसका डिब्बा तालमा फाल्ने गरेका छन् । जैविक विविधताले महत्वपूर्ण सिमसार जाखोर तालमा यसरी प्लास्टिकजन्य वस्तु फाल्नु अत्यन्त गलत कार्य रहेको स्थानीय दीपक कुश्मीले बताए । “जता हे¥यो उतै प्लास्टिकको फोहोर, बोतल, जुस खाएको डिब्बा मात्रै देखिन्छ,” उनले भने, “यसले जाखोर तालको प्राकृतिक सुन्दरतालाई कुरूप बनाउने काम मात्रै गरिरहेको छैन ।

वातावरणलाई पनि प्रदूषित बनाइरहेको छ ।” कुश्मीले ताल क्षेत्रको व्यवस्थापन गर्ने निकायले प्लास्टिक फोहोर फाल्ने कार्य रोक्नेदेखि लिएर सरसफाइमा ध्यान दिनुपर्ने बताए । वनस्पति अनुसन्धान केन्द्र धनगढीले ताल क्षेत्रमा प्लास्टिक प्रयोगमा बन्देज गरेको छ । त्यस्तै दुई वर्षदेखि प्लास्टिक प्रयोगमा रोक लगाएको धनगढी उपमहानगरपालिकाले ताल क्षेत्रमा प्लास्टिकजन्य फोहोर फालेको पाएमा पाँच हजारदेखि १५ हजार रुपियाँसम्म जरिबाना तोकेको छ तर नियमन हुन नसक्दा फोहोर गर्ने क्रम रोकिएको छैन ।

ताल क्षेत्रमा सरसफाइ गर्ने महिला समूहकी कमली चौधरीका अनुसार ताल घुम्न, पिकनिक खान र जन्मदिनको पार्टी मनाउन आउनेले जथाभाबी फोहोर गर्ने गरेका छन् । घुम्न आउने आगन्तुकलाई प्लास्टिक प्रयोग नगर्न आग्रह गर्दा पनि अटेरी गर्ने गरेका छन् । जन्मदिनको पार्टी मनाउनेले झन् फोहोर गरेर जाने गरेका छन् । उनले पिकनिक खाने र घुम्न आउने व्यक्तिले गरेको फोहोर आफूहरूको महिला समूहले सरसफाइ गरेर व्यवस्थापन गर्ने गरेको बताए ।

प्लास्टिक प्रयोग रोक्नका लागि महिला समूहले पातको दुना, टपरी बनाएर बिक्री गर्ने गरेको छ । १२।५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा वर्षा र जाडोयाममा विभिन्न प्रजातिका चराचुरुङ्गी बस्ने गरेका छन् । यो ताल देवहरिया वनस्पति उद्यान परिसरमा महìवपूर्ण सिमसारका रूपमा रहेको छ । प्लास्टिकजन्य फोहोरले ताल प्रदूषित बन्दै गएकोप्रति केन्द्रले पनि चिन्ता व्यक्त गरेको छ ।

केन्द्रका प्रमुख गङ्गादत्त भट्टले भने, “हामीले ताल क्षेत्रमा प्लास्टिकको प्रयोग रोक्नका लागि कोसिस जारी राखेका छौँ तर अहिलेसम्म रोक्न सकेका छैनौँ । व्यवस्थापनमा पनि कहीँ न कहीँ चुकिरहेका छौँ ।” उनले प्लास्टिकजन्य फोहोरका कारण तालको पानी प्रदूषित भएको र एक महिनाभित्रै प्लास्टिक र बोतल सफा गरिने प्रतिबद्धता व्यक्त गरे । गोरखापत्रबाट

  • जाखोर ताल
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.