धनगढी- सिविन नेपाल कैलालीले आफ्नो ३६औं वार्षिकोत्व मनाएको छ । सिविनले बुधबार धनगढीमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै वर्षीकोत्सव मनाएको हो ।
त्यस अवसरमा सिविन नेपालले ९ वर्षसम्म गरेका कामको तश्याङक समेत प्रस्तुत गरेको छ । जसअनुसार सिविन नेपालले उक्त अवधिमा दुई हजार एक सय ४८ जनाको उद्धार गरेको छ ।
चालु आर्थिक वर्षमा मात्रै दुई सय ९० जनाको उद्धार गरिएको सिविन नेपालका सुदूरपश्चिम प्रदेश संयोजक हरिलाल चौधरीले बताए । उनका अनुसार महिला एक सय १९ जना र पुरुष एक सय ७१ जना छन् ।
यस्तै सिविन नेपालको कैलालीमा हालसम्म तीन हजार ६६१ वटा गुनासोका कल समेत आएका छन् । जसमा एक हजार १४३ जना बालक, ६९३ जना बालिका र एक जार ८२५ वटा मिसकल आएको सिविन नेपालले जनाएको छ।















