• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

धनगढी- धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेज अमेरिकाको न्यूयोर्क शहरमा हुने ग्रीन कलेज अवार्ड–२०२२ को मनोनयनमा परेको छ । ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वातावरण संरक्षणका क्षेत्रमा काम गरेका विश्वभरका कलेजहरुबाट आवेदन आह्वान गर्दै उत्कृष्ट कलेजहरुलाई ‘ग्रीन क्लिन अवार्ड’ प्रदान गर्ने गर्छ । सोही अवार्डको मनोनयनमा नेपालबाट धनगढीको एसपीए कलेज परेको हो ।

‘आफ्नो अध्ययन–अध्यापन क्षेत्रबाट स्थानीय वातावरण संरक्षणमा यहाँहरुले खेलेको भूमिका निकै सह्रानिय छ । यहाँको योगदानको कदर गर्दै हाम्रो निर्णायक मण्डलले एसपीए कलेजलाई अवार्डको मनोनयनमा राख्ने निर्णय गरेको छ,’ आयोजकले बधाई दिदैँ उक्त कुरा उल्लेख गरेको छ । ग्रीन कलेज अवार्ड आगामी सेप्टेम्बर २४ तारिखका दिन न्यूयोर्क शहरमा प्रदान गरिनेछ । मनोनयनमा परेका विश्वभरकै कलेजहरुको उक्त समारोहमा उपस्थिति रहने आयोजकले जनाएको छ ।

लामो समयदेखि एसपीए कलेजले ‘ग्रीनक्लिन धनगढी’ क्लब गठन गर्दै बातावरण संरक्षणका क्षेत्रमा का गर्दै आएको छ । कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ । यस्तै वातावरण हराभरा बनाउँनका लागि कलेजले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।

No description available.

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले एसपीए कलेज अन्तर्राष्ट्रिय कलेजका रुपमा उदाएको बताउँदै वातावरण संरक्षणमा विधार्थीहरुको भूमिका रहेको जनाए ।

‘यस सुन्दर निलो ग्रह(पृथ्वी) मानिसहरुमात्रै नभएर अरु प्रजातीका लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘वातावरण संरक्षणमा एसपीए कलेजले खेलेको भूमिकाको सम्मानस्वरुप कलेज अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा परेको छ । यो हाम्रो र सबै सुदूरपश्चिमबासीका लागि गर्वको कुरो हो ।’

कलेजको ग्रीनक्लिन क्लबले धनगढी शहरलाई ग्रीन र क्लिन बनाउँने उदेश्य राखेको क्लबमा आवद्ध विधार्थी स्यामुयल न्यौपानेले बताए । उनले ग्रीन कलेज अवार्डमा एसपीए कलेजको मनोनयन हुँदा गर्व लागेको बताउँदै आफूहरुले गरेको प्रयासलाई संसारले पहिचान गर्ने वातावरण बनेको बताए ।

‘हामीले सुदूरपश्चिम प्रदेशको मुख्य हब धनगढीलाई सुन्दर र हराभरा बनाउँने उदेश्यका साथ विगत लामो समयदेखि अनवरत रुपमा काम गर्दै आएका छौं,’ अभियान्ता न्यौपानेले भने, ‘हाम्रो प्रयासको पहिचान गर्दै अमेरिकाको न्यूयोर्क शहरमा हुने अवार्डका लागि मनोनयनमा पर्नु ठूलो गौरवको कुरा हो । अवार्ड जो सुँकैले जितोस्, हाम्रा लागि विश्वभरका हजारौं कलेजहरुबाट मनोनयनमा पर्नु नै अवार्ड जिते बराबर हो ।’

No description available.

ग्रीनक्लिन धनगढीको स्थापना २०१२ सालमै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले गरेका हुन् । शाही संस्थाका पूर्व अध्यक्ष समेत हुन् । उनका पालामा ग्रीन क्लिन धनगढीले सम्पूर्ण धनगढीको मुख्य बजार क्षेत्र तथा सहायक मार्गमा वृक्षारोपण सम्पन्न गरेको थियो । त्यसपछि एसपीए कलेजका ग्रीन स्वयमसेवकहरुले ग्रीनक्लिन अभियानलाई नियमित अघि बढाईरहेका छन् । अघिल्लो हप्तामात्रै ग्रीन स्वयमसेवकहरुले धनगढीबजार क्षेत्रको सरसफाई, तारानगरस्थित आमाको मायाँ छात्रवासमा वृक्षारोपणलगायत कार्यक्रम सम्पन्न गरेका थिए ।

अघिल्लो महिनामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए )ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

  • एसपीए
शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.