डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटनामा घाइते भएका दानबहादुर ओलीको मृत्यु भएको छ। बुधवार भएको दुर्घटनामा गम्भिर घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय ओलीको सोही साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा घाईते भएका सोही जिपमा सवार नबदुर्गा गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय दिपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। जिप चालक नबदुर्गा गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय दिपकबहादुर बुढाऐरलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ।
अमरगढी नगरपालिका वडा नम्बर २ आईतबजारको माथिल्लो मोड स्थित भित्री सडक खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च १८८ नम्बरको जिप सडक नालामा पल्टिएर बुधावार साँझ दुर्घटना भएको थियो। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













