धनगढी- नागरिक उन्मुक्ति पार्टीकाे प्रथम राष्ट्रिय महाधिवेशन कैलालीको टीकापुरमा सुरू भएकाे छ । सो पार्टीका संरक्षक रेशमलाल चाैधरीकाे अध्यक्षतामा बिहीबार महाधिवेशन सुरू भएकाे हाे । महाधिवेशनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन् । उद्घाटन सत्रमा नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,जनमत पार्टीका अध्यक्ष सीके रावतलाई विशिष्ट अतिथि बनाइएको छ ।
२८ गतेसम्म चल्ने महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।













