धनगढी- कैलालीमा लागू औषधसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित सोही ठाँउ बस्ने २८ वर्षीय विपिन मल्ल र धनगढी–३ का ३२ वर्षीय रुपेश बि।क।आइतबार दिउँसो पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूले प्रयोग गरेको मोटरसाइकलको डिग्गीमा लुकाई राखेको अवस्थामा उक्त लागू औषध फेला पारी मोटरसाइकल एक थानसहित दुवै जनालाई पक्राउ गरेको हो।
यस्तै जानकी गाउँपालिका–१ मिलन चोकबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित सोही ठाँउ बस्ने २४ वर्षीय पदम खत्री पनि आइतबार दिउँसो पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त पदार्थ फेला पारी खत्रीलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।















