काठमाडौँ- कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट देशभर शुक्रबार दुई जनाको मृत्यु भएको छ । यससंगै हालसम्म ११ हजार ९८४ संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ७८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको कोभिड परीक्षण गर्दा ७८१ जना कोभिड पुष्टि भएको हो ।
त्यस्तै, ५११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरका विभिन्न स्थानबाट कूल ९ लाख ७४ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ५ हजार ७७५ जना छन् ।













