धनगढी- संजिवनी अस्पताल प्रालिले विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । धनगढीको राष्ट्र बैक चोक स्थित सो अस्पतालले स्त्री, फिजिसियन, सर्जरी,जनरल सर्जरी,अर्थोपेडिक,दन्तरोग सहितको विशेषज्ञ सेवा सुरु गरेको हो ।
त्यस्तै ओपिडी, अन्तरंग सेवा सेवा पनि सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । धनगढी उपमहानगरपालिकाले यहि फाल्गुन १४ गते १५ शय्या अस्पताल सञ्चालनका लागि अनुमति दिएपछि संजिवनीले गुणस्तरीय,सुपथमा छिटो छरितो सेवा दिदै आएको अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.जगदीशचन्द्र बिष्टले निशाना न्युजलाई जानकारी दिए । बिरामीको आर्थिक सामाजिक अवस्थालाई मध्यनजर गरी परामर्श गर्ने, उपयुक्त सल्लाह दिने, यहाँ उपचार सम्भव नभएका बिरामीलाई समयमै रेफर गर्नेे काम अस्पतालको प्राथमिकतामा रहने उनले बताए ।
सरकारले तोकेको बेडमा १० प्रतिशत निुःशुल्क दिनु पर्ने भन्ने छ त्यसलाई अस्पतालले पालना गर्ने उनले बताए । आर्थिक अवस्था कमजोर भएकालाई सिफारिसको आधारमा तथा तोकिएको समूहका बिरामीले निःशुल्क सेवा पाउने उनले बताए । कुनै पनि समूहमा नपर्ने बिरामी भए अन्त जानेभन्दा कम खर्चमा सेवा प्रदान गरिने उनको भनाइ छ । सेवा लिन आउने बिरामीको संख्या दिनहुँ बढिरहेको जनाइएको छ ।














