धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा जग्गा व्यवसायीले तालाबन्दी गरेका छन् ।
आइतबार उपमहानगरपालिकाको जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधिको विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन् । उपमहानगरपालिकाले आकस्मिक रुपमा ल्याएको कार्यविधिले व्यक्ति तथा जग्गा व्यवसायीहरुलाई समस्या हुने भएको संघर्ष समितिका संयोजक उपेन्द्र अवस्थीले बताए । कार्यविधि सच्याउनु पर्ने व्यवसायीको माग छ ।














