धनगढी- कैलालीमा चार जना लागू औषध (खैरो हेरोइन)सहित पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा र गोदावरी नगरपालिकाबाट लागू औषध (खैरोहेरोईन) सहित चार जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–१ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित सोही ठाउँका ३० वर्षका दिनेश साउँद, २१ वर्षका जनक बिक र लम्कीचुहा–१ कै ३० वर्षीय प्रकाश बिक लाई टिकापुर रोडबाट ८२० मिलिग्राम लागू औषधसहित पक्राउ गरेको हो।
यी तीनै जनालाई ईलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले सोमवार राति पक्राउ गरेको बताएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया स्थित पहाड रोडबाट ४० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–११ का २५ वर्षीय मनोज बडैला सोमवार साँझ पक्राउ गरेको छ। लागू औषधसहित पक्राउ परेका बडैलासहित चार जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














