धनगढी- सुदूरपश्चिममा एकै दिन थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेशका अनुसार आज (बुधवार) १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखा परेको हो ।
आइतबार र सोमवार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि सात जनामा कोरोना देखिएको थियो।













