कञ्चनपुर- कञ्चनपुरमा नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाउँमा सञ्चालन गरेको कालीका रेष्टुरेन्ट भित्र जुवा तास खेलिरहेको अवस्थामा सञ्चालक सिंहसहित ११ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त रेष्टुरेन्टबाट उनीहरूलाई नगद ५७ हजार ३२९ र १३१ पत्ति ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।













