धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको क्यान्सर स्क्रिनिङ्ग शिविरबाट सात सय ९४ जना लाभान्वित भएका छन् ।
उपमहानगरले वडा नं. ११ र १२ मा दुई दिन सञ्चालन गरेको शिविरमा उक्त नागरिक लाभान्वित भएका हुन् ।
शुक्रबार र शनिबार सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ्ग शिविरमा सात सय ७२ महिला र ५२ पुरुषले निःशुल्क सेवा लिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको समन्वयमा सञ्चालन गरिएको शिविरमा एक सय ७३ जना महिलाको भीआइए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा ११ जना क्यान्सर संकाष्पद बिरामी भेटिएको उनले बताए । उनका अनुसार शिविरमा एक सय ६८ जनाले अल्ट्रासाउण्ड सेवा लिएका छन् । क्यान्सको जोखिम पत्ता लगाउने तथा न्युनिकरण गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।













