धनगढी- सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट दुई लाख बढी रुपैयाँको कपडा बरामद गरेको छ । भारतबाट चोरी गरेर ल्याएर धनगढी उप–महानगरपालीका – १३ राजपुरमा वेवारिसे अवस्थांमा छोडिएकोे २ लाख ३२ हजार ७ सय बराबरको बेवारीसे कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढी कैलालीबाट खटिएको टोलीले उक्त कपडा बरामद गरी आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णसिंह पुजाराले जनाकारी दिए ।













