धनगढी– कैलाली उद्योग वाणिज्य संघको टोली अवलोकन भ्रमणमा गएको छ । उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा टोली अवलोकन भ्रमणमा गएकाे हाे ।
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष कुँवरका अनुसार अवलोकन भ्रमण एक हप्ताको रहनेछ । अवलोकन भ्रमणमा अध्यक्षसहित ११ जना संघका पधाधिकारी रहेका छन् । टाेलीले देशका विभिन्न जिल्लामा अवलोकन गर्ने जनाएकाे छ ।














