बाजुरा– बाजुरामा बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका १० जना पक्राउ परेका छन् । बन्दको आह्वान गर्दै हिँडेका नेपाल कम्युनिस्ट पार्टी बाजुराका ३ जना सदरमुकाम मार्तडीबाट र ७ जना कोल्टी बजारबाट प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउँदै हिँडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपालीलगायत तीन जना सदरमुकाम मार्तडीबाट प्रकाउ परेका छन् भने अन्य ७ जना कोल्टी बजारबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताएका छन् ।
नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि बाजुरामा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । लामो दुरीको सवारी सधान चलेका छैनन् भने छाटो दुरीको सवारी साधान छिटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ ।













