धनगढी- कञ्चनपुरमा बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर अदालतको मिति २०७६।१०।२७ गतेको फैसलाले १ वर्ष ८ महिना कैद र ६,७०० जरिमाना ठहरेका फरार युवक पक्राउ परेका हुन्।
प्रहरीका अनुसार फरार कसुरदार महाकाली नगरपालिका– २ बस्ने हरिष बम पक्राउ परेका हुन्। उनलाई घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ। अहिले उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।













