बझाङ- बझाङमा एक युवा मृत फेला परेका छन् ।
बुधबार साँझ जिल्लाको केदारसयुँ गाउँपालिकाको चौडामा नदी किनारा बगर नजिकै करिब ३० वर्षका युवाको सेती नदीमा वेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ।
सेती नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














