धनगढी- यही असार १६ देखि २० गते सम्म काठमाडौंमा हुन गइरहेहेको नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)को १० औं राष्ट्रिय महाधिवेशनका लागि कैलाली जिल्ला क्षेत्र नम्बर ४ बाट १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट भएका छन् ।
महाधिबेशनका लागि बिहीबार सर्वसम्मत प्रतिनिधि छनोट भएका हुन् । प्रतिनिधि छनौट हुनेमा बासु गुरागाई, भिम बोगटी, सुरेन्द्रमान कार्की, लोक बहादुर सारु, रत्ना कडायत, तुलाराम उपाध्याय , डिल्लीराम आचार्य, ललितबहादुर बोहरा, सरस्वती बुढामगर, बहादुर खडका, शिव बिक, मोहन ऐर, दयाकुमार बिक, जानकी चौधरी र रामबहादुर बिक रहेका छन् ।













