धनगढी- कैलालीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लको गोदावरी नगरपालिका–२ तेघरी २४ वर्षीय अमित शोव रहेको प्रहरीले जनाएको छ ।
मंगलबार निजलाई १ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको तथा थप अनुसन्धान भईरहेको जनाइएको छ ।














