धनगढी- प्रहरीले कैलालीबाट अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय कमल भट्ट रहेको प्रहरीले जनाएको छ ।
निज भट्टलाई बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटाबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको तथा थप अनुसन्धान भईरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।














