धनगढी- प्रहरीले कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका– ८ का २४ वर्षीय संजय लुहार रहेको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा रु.२ हजार जरिवाना तोकी फरार रहेका निज लुहारलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले बिहीबार निजकै घरठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।














