धनगढी- कैलालीमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको गोदावरी नगरपालिका–८ स्थित खुटिया खोलाको बीच भागमा नामरथर, वतन नखुलेकी दाहिने खुट्टा जनावरले खाएको महिला मृत अवस्थामा फेला परेकी हुन् । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














