कञ्चनपुर- कञ्चनपुरको बेलौरीबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१० भुडा चौराहाबाट भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०११० प ३१९९ मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका( १ बस्ने २८ वर्षीय कालुराम राना, पछाडि सवार अन्दाजी २४ वर्षीय अशोक कार्की र अन्दाजी २९ वर्षीय जनक धामीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुमध्ये जनक धामीको साथबाट कालो र रातो प्लाष्टिकको थैलीभित्र दुई ओटा पोकामा कट्टुको वायाँ खल्तिमा लुकाएर राखेको १.६८ ग्राम खैरो हेरोईन प्रहरीले बरामद गरेको हो। उनीहरु तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।













