धनगढी- नेकपा (एकीकृत समाजवादी) ले अछामबाट प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै सदरमुकाम मंगलसेनमा आइतबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र १ बाट बर्तमान श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवरको एकल नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र २ बाट पार्टीका जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टीका जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिए।
यस्तै, प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि अछाम –१ को ‘क’ प्रदेशमा कुलबहादुर कुँवर र हिक्मत कुँवरलाई सिफारिस गरिएको छ। कुलबहादुर समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन्। ‘ख’ प्रदेशमा जिल्ला अध्यक्ष हिरण्ड भट्टराई र रत्ना तामाङ सिफारिसमा परेका छन्। अछाम–२ को प्रदेश ‘क’ डबल चलाउने, दुर्गा बोहरा र दीपक विष्ट सिफारिसमा परेका छन्। यस्तै ‘ख’ प्रदेशमा केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सचिव नवराज साउँद र जिल्ला उपसचिव नयन सोडारीको नाम सिफारिस गरिएको छ।
प्रतिनिध सभातर्फको खुला समानुपातिकमा बलबहादुर सोडारी, भक्तबहादु रशाही र योगेन्द्र बिष्ट, महिलामा बिन्द्रा साउद सिफारिस भएका छन् ।
प्रदेश सभा समानुपातिक महिलातर्फ मिना साउद, केशरी रेग्मी, देवकला चलाउने, कृष्णा जैसी न्यौपाने र जयन्ती बोगटी, समानुपातिक खुलातर्फ कल्यान बोगटी र हर्क साउद, दलिततर्फ डम्बर नेपाली, जित निशानी र इन्द्र जैगडि सिफारिस भएका छन् ।













