धनगढी- कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–७ का ६५ वर्षीय मोती भुल मृत अवस्थामा फेला परेका हुन् ।
उनी सोहि स्थानको चोरी नदीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साथै घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ।














