धनगढी- कैलाली भन्सारका कार्यालयबाट १८ करोड ५६ लाख ७० हजारको तरकारी आयात भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा भन्सार कार्यालयबाट उक्त तरकारी आयात भएको हो ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार १५ करोड ३५ लाख २० हजारको आलु, १ करोड ८५ लाख ६३ हजारको टमाटर,१२ लाख २ हजारको प्याज र ३२ लाख १६ हजारको गोभी आयात भएको छ ।
४८ लाख ३२ हजारको फर्सी,लौकालगायतका तरकारी,१० लाख ६० हजारको काँक्रा र १७ लाख ८१ हजारको अन्य तरकारी आयात भएको उनले जानकारी दिए । तरकारी आयातबाट ४ करोड १४ लाख ७३ हजार राजस्व संकलन भएको उनले बताए ।
छिमेकी मुलुक भारतबाट तरकारी आयातमा कमी आउन सकेको छैन् । सरकारले कृषि क्षेत्रमा ठूलो लगानी गरिरहेको भएपनि कृषिजन्य बस्तुको आयात भने घट्न सकेको छैन् ।
त्यस्तै,सोही एक वर्षको अवधिमा १७ करोड ७३ लाख १२ हजारको अंगुर,२ करोड आठ हजारको तर्भुजा, ८७ लाख २९ हजारको स्याउ र ८ करोड ६१ लाखको अनार आयात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
३ करोड ९१ लाख ७१ हजारको सुन्तला,३ करोड ४८ लाख ३० हजारको आँप र ८ करोड ६६ लाख ८२ हजारको केरा आयात भएको जनाइएको छ ।













