• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बजेट अभावमा करोडौंका खानेपानी योजना अलपत्र

  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको पहिलो पञ्चवर्षीय योजनाले पाँच वर्षमा प्रदेशमा सबै नागरिकलाई स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी प¥याउने लक्ष्य लिएको छ ।

तर, लक्ष्यमा पुग्ने गरी खानेपानी योजनामा बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारलाई संघीय सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा कैलाली र कञ्चनपुरका जिल्लाका १६५ वटा खानेपानी योजना हस्तान्तरण गरेको थियो ।

तीमध्ये ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् । ६ वर्षमा ७५ वटा खानेपानी योजना निर्माण पूरा भई उपभोक्तालाई हस्तान्तरण गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका अनुसार २०६४ सालदेखि संघीय सरकारले निर्माण थालेका खानेपानी योजना निर्माण पूरा हुन सकेका छैनन् ।

डिभिजनका निमित्त प्रमुख गणेशप्रसाद उपाध्यायका अनुसार संघबाट हस्तान्तरण गरिएका खानेपानी योजना निर्माण गर्न संघ सरकारले नै सशर्त अनुदान दिने गरेको छ । ती योजनाको लागत दशौं करोड भए पनि वार्षिक प्रतियोजना १० देखि ५० लाख रुपैयाँमात्रै बजेट आउँदा योजना सम्पन्न हुन सकिरहेका छैनन् । पाँच करोड ६ लाख रुपैयाँ लागत अनुमानमा लम्की चुहा नगरपालिकाको बलिया खानेपानी योजना २०६४ सालबाट निर्माण सुरु गरिएको थियो ।

यो योजना चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने बताइएको छ । बलिया खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष प्रेम न्यौपानेले खानेपानी योजनाको सबै संरचना निर्माण पूरा गरी उपभोक्ताको घरमा खानेपानीको धारा पुर्‍याउने काम भइरहेको बताए । १० हजार ९२८ उपभोक्ता रहेको खानेपानी योजनामा वार्षिक रुपमा निकै कम बजेट आउँदा निर्माण पूरा गर्न १६ वर्ष लागेको उनले बताए ।

खानेपानी उपभोक्ता महासंघ कैलालीका सदस्य रहेका न्यौपानेका अनुसार बलिया खानेपानी योजनासँगै २०६४ सालमा जिल्लामा २६ वटा खानेपानी योजना निर्माण सुरु भएको थियो । तीमध्ये अधिकांश योजना अझै पूरा नभएको हुन सकेका छैनन् । ‘कुनै योजनामा ओभरहेड बनेर योजना अलपत्र परेको छ,’ उनले भने, ‘कुनै योजनामा पानी चल्न सकेको छैन । कुनै योजना पाइपलाइन विस्तार गर्न बाँकी छ ।’ संघीय सशर्त योजनाको रुपमा प्रदेशले कैलाली कञ्चनपुरमा बनाइरहेको ९० ओटा योजनाको लागत अनुमान ६ अर्ब १४ करोड ७१ लाख छ ।

आर्थिक वर्ष २०७९र०८० मा ती योजनाका लागि २६ करोड ५२ हजार रुपैयाँ विनियोजन भएको थियो । सो रकममध्ये २२ करोड एक लाख रुपैयाँ खर्च भएको डिभिजन कार्यालयले जनाएको छ । यसैगरी, चालु आर्थिक वर्षमा ९० योजनाका लागि २२ करोड ७२ लाख रुपैयाँ विनियोजन भएको छ । सोमध्ये फागुन मसान्तसम्म पाँच करोड नौ लाख खर्च भएको डिभिजन कार्यालयका लेखा अधिकृत रमेशबहादुर शाहले बताए । सुदूरपश्चिम प्रदेशमा संघीय सरकारको सशर्त अनुदानबाट बनिरहेका २०६ वटा खानेपानी योजना अधुरा छन् ।

यी सबै योजना प्रदेश सरकार बन्नु पहिले संघीय सरकारले निर्माण थाले पनि प्रदेश सरकार गठन भएपछि संघले बजेट विनियोजन गर्ने र प्रदेशले कार्यान्वयन गर्ने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएका थिए । सोहीअनुसार २०७५ सालमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमा १५८, डोटीमा १६१, डडेल्धुरामा ९७ र कैलालीमा १६५ वटा गरी ५८१ वटा अधुरा खानेपानी योजना हस्तान्तरण गरिएको थियो ।

खानेपानी डिभिजन कार्यालय कैलालीमा संघीय सरकारले ३० वटा खानेपानी योजना चालु आर्थिक वर्षमा हस्तान्तरण गरेको छ । ती योजनाको निर्माण पनि एकदमै सुस्त रहेको डिभिजन प्रमुख उपाध्यायले बताए । योजनाको संख्या र लागत एकदमै धेरै भए पनि संघीय सरकारले ती योजनाका लागि निकै कम बजेट विनियोजन गरेको कारण खानेपानी योजना समयमा सम्पन्न हुन नसकेको उनले बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास सचिव प्रेमदत्त भट्टले समयमा खानेपानी योजना सम्पन्न नहुँदा योजनाको लागत बढ्नुका साथै लगानी भएको बजेटको सही सदुपयोग नभएको बताए । उनले धेरै समय लगाएर योजना निर्माण गर्दा योजनाका संरचनामा क्षति पुग्ने, उपभोक्ता लाभान्वित नहुने बताए । सरकारले निर्माणाधीन योजना समयमा सम्पन्न गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

  • बजेट अभावमा करोडौंका खानेपानी योजना अलपत्र
आइतबार, साउन २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा
आज तीजको दर खाने दिन
कस्तो रहला आज देशभरको मौसम ?
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा

समाचार

सबै

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.