• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

बजेट अभावमा आयोजना निर्माणको गति सुस्त

  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

धनगढी- डिबिएसटी प्रविधिबाट बनेको सडक कमजोर हुने भए पनि धनगढीदेखि थलारासम्मको सडकलाई डिबिएसटी प्रविधिबाटै निर्माण गरिने भएको छ । सडक विभागले धनगढीदेखि थलारासम्मको १८६ किलोमिटर सडक निर्माण गर्न आयोजना कार्यालय स्थापना गर्नुअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो ।

सो प्रतिवेदनमा डिबिएसटी प्रविधिबाट कालोपत्रे गर्न स्टिमेट गरिएको धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले बताए । ‘हाम्रो लागि डिपिआर संविधानजस्तै हो,’ उनले भने, ‘डिपिआरमा उल्लेख भएको प्रविधिभन्दा फरक प्रविधिबाट बनाउन मिल्दैन । बरु २/३ वर्षमा मर्मत गर्न सकिन्छ । अन्य प्रविधि प्रयोग गर्नका लागि अर्को डिपिआर गरी स्वीकृत गराउनुपर्छ ।’

डबल बिटुमिन सरफेर ट्रिटमेन्ट (डिबिएसटी) नेपालमा सडक निर्माणको एकदमै पुरानो र सस्तो प्रविधि हो । गड्डाचौकी–काँकडभित्ता पूर्वपश्चिम राजमार्ग पनि डिबिएसटी प्रविधिबाट बनाइएको पूर्वाघार क्षेत्रका विज्ञ बताउँछन् । इन्जिनियर रैखोलाका अनुसार यो प्रविधि पुरानो र सस्तो प्रविधि हो । यसै प्रविधिबाट बनाइएको धनगढीको कनरी–के गाउँ सडक खण्ड तीन वर्षमा भत्किएको थियो ।

यस प्रविधिबाट बनेको सडकले निरन्तर मर्मत गरिएमात्रै यसको आयु लम्बिँदै जान्छ । ‘डिबिएसटी प्रविधिबाट बनेको सडकको आयु नै ४/५ वर्षको हुन्छ,’ इनिजनियर रैखोलाले भने, ‘तर नियमित मर्मत सम्भार गरेमा डिबिएसटी गरिएको सडक पनि वर्षौं टिक्छ । ३र४ वर्षमा कम्तीमा एक पटक मर्मत गर्दा सडक लामो समयसम्म चल्छ ।’

प्रतिवेदनअनुसार धनगढी–दिपायल–उरै भन्ज्याङ द्रुतमार्गको धनगढीदेखि थलारासम्म निर्माण सम्पन्न गर्न नौ अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । २०६४ सालमा यस सडकको डिपिआर गरिएको हुनाले वास्तविक लागत पनि बढेको छ । यस सडकले कैलालीको धनगढी, खुटिया, हातखोली र डोटीको बिपीनगर, जोरायल, केआई सिंह गाउँपालिका हुँदै ९६ किलोमिटरमा दिपायलसँग जोडिन्छ भने डोटीकै दिपायलबाट तिखा, अछामको मेल्लेख, बझाङको थलारासम्म पुग्छ ।

त्यहाँबाट सेती लोकमार्गमा मिसिन्छ । सेती लोकमार्ग बझाङकै चैनपुर हुँदै उरै भन्ज्याङसम्म पुग्छ । जहाँ नेपाल र चीनको उरै नाका पर्छ । यो सडक निर्माण सुरु भएको १६ वर्षमा २८ किलोमिटर कालोपत्रे भएको छ भने १४ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाइएको छ । धनगढी–दिपायल खण्डमा ३० करोड रुपैयाँ खर्च गरेर २०७८ चैतमा ट्रयाक खोल्ने काम सम्पन्न गरिएको थियो । ट्रयाक खुले पनि बाह्रै महिना गाडी चल्न सक्ने अवस्थामा सडक पुगेको छैन ।

धनगढीदेखि ५५ किलोमिटरसम्म निरन्तर जीप चल्न सक्ने गरी सडक निर्माण भएको इन्जिनियर रैखोलाले बताए । उनले ट्रयाक खुलेको भएपनि बर्खामा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए । दिपायलबाट थलारासम्म पहिले नै बाटो खुलेको भए पनि सडकको चौडाइ बढाउने र अपग्रेड गर्ने कार्य गर्न बाँकी छ । यो खण्डमा भने जीप बाह्रै महिना सञ्चालन हुने स्तरको सडक रहेको इन्जिनियर रैखोलाले बताए ।

उनका अनुसार धनगढीदेखि उरैसम्म नै ९ मिटर चौडाइको सडकमा सात मिटर चौडाइको कालोपत्रे गरिने छ । बजेट अभाव र भौगोलिक कठिनाइका कारण यो सडक निर्माणले तीव्रता पाउन सकेको छैन । लगाइएका ठेक्का पनि सुस्त गतिमा काम भइरहेको छ । आयोजनाका इन्जिनियर रैखोलाले बजेट अभावकै कारण आयोजना कार्यालयले थप ठेक्का लगाउन नसकेको बताए । उनका अनुसार २०६४ मा आयोजनाको अध्ययन सुरु भई सडक डिविजन कार्यालय महेन्द्रनगरले काम गरिरहेको थियो ।

२०७२/०७३ बाट पहिलो प्राथमिकता प्राप्त आयोजनामा राखी छुट्टै आयोजना कार्यालय स्थापना गरी आयोजना कार्यान्वयन गरियो । तर प्रत्येक वर्ष आवश्यकता भन्दा निकै कम बजेट विनियोजन हुँदा सडक निर्माणको ठेक्का पनि खण्डमा लगाइरहेको इन्जिनियर रैखोलाले बताए । उनले डिपिआर अनुसार बजेट विनियोजन भए आयोजना सञ्चालन गरेको १० वर्षमा सकिनु पर्नेमा १६ वर्षको अवधिमा पनि सुरुवाति अवस्थामा रहेको बताए ।

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.