झापा । भद्रपुर नगरपालिका १० केन्द्रमोडमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पकउ गरेको छ ।
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ११ हजार ८ सय ९८ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













