धनगढी- डोटीमा १२ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख २२ हजार २५ रूपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहहेको प्रहरीले जनाएको छ।














