धनगढी- कञ्चनपुरमा एकजना मृत अवस्थामा फेला परेका छन् । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिविरका ६८ वर्षीय मङता डगौरा मृत फेला परेको प्रहरीले जनाएको छ ।
डगौरा वडा नं. १० स्थित पत्थरिया खोलामा मृत अवस्थामा फेला परेको तथा सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













