• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

लक्ष्मीको आफ्नै ठाउँमा विजनेश गर्ने सोचमा बाधा

  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित

बौनिया- बर्दगोरिया गाउपालिका–२, बौनियाका लक्ष्मीप्रसाद सापकोटा आफ्नै ठाउँमा विजेनश गर्न उद्देश्यले चार वर्ष साउदीअरवमा कमाएर फर्किएका थिए ।

उनले विदेशबाट कमाएर ल्याएको पूँजी आफ्नै घरमा लगानी गरी होटल खोलेका थिए । केही वर्षसम्म होटल राम्रै चल्यो । ‘८/९ वर्ष होटल चलाए, राम्रै चलेको थियो,’ उनले भने, ‘कोभिड १९ पछि होटल एकदमै नचल्ने भयो । पहिलो लकडाउनपछि केही चल्न थालेको थियो । तर दोस्रो लकडान पछि ठप्पै भयो ।’

खाना, बास, खाजाको व्यवस्था सहित आफ्नै घरमा खोलेको होटल चल्न छोडेपछि लक्ष्मीले होटल बन्द गरी किराना पसल सञ्चालन गरेका छन् । होटल सञ्चालनमा साथ दिंदै आएकी उनकी श्रीमतीले किराना पसल चलाउँछिन् भने लक्ष्मीले आफ्ना भाइ शिवराज सापकोटाको निर्माण कम्पनीसँग मिलेर ठेक्का पट्टाको काम गर्छन् ।

तर ठेक्का पट्टाको काम पनि राम्रो नचलेको लक्ष्मीले बताए । उनले ठेक्कापट्टको भुक्तानी समयमा नपाएपछि कामदार र निर्माण सामग्री उठाएको ठाउँमा पैँसा तिर्न समेत धौधौ भएको बताए । ‘ठेक्कापट्टाको काम गरेर सम्पन्न गरेपनि समयमा भुक्तानी हुँदैन,’ उनले भने, ‘ठेकेदारको पछी काम गर्ने मानिस एक सयबढी हुन्छन् । काम गरेपछि पैसा दिनुपर्छ ऋण मागेर भुक्तानी दिएको छु काम सम्पन्न भएको ठाउँबाट पैसा आएको छैन । काम गरेर खाने वातावरण नेपालमा छैन ।’

पहिलो पटक २७ महिना र दोस्रो पटक १८ महिना साउदीअरबमा बसी स्काफोल्डिङ्गको काम गरेका उनलाई अब फेरि विदेश नै जान पर्छ कि भन्ने सोच आउन थालेको छ । ‘पढाइ लेखाइ थिएन, संगै गएका साथीहरु अन्तरवार्ताबाट फोरमेन, फाइबमेनसम्म बढुवा भएर काम गर्न थाले । मैलै थ्रिमेनसम्मको पदमा काम गरे ।’ उनले भने, ‘तलब समयमै पाइन्थ्यो । तर पछि नेपालमै केही गर्छु भनेर फर्केको थिएँ । तर अहिले जीविका चलाउन किराना पसल संचालन गरेको छु । यहीबाट खानलाउन र बालबालिकालाई पढाइरहेको छु । बच्चा ठूला हुँदै गएका छन् । उनीहरुको आवश्यकता किरानाबाट पु¥याउन सकिने स्थिति छैन । ठेक्कापट्टाको काम घाटामा छ । ऋण लिएर लगानी गरेको समयमै भुक्तानी नपाउँदा तनाव छ । विदेशको कमाई र आफ्नै ठाउँको तनावले गर्दा फेरि विदेश जान मन लागिरहेको छ ।’

सापकोटाले केही महिना अघि पुनः विदेश जान खोजेको बताए । ‘विदेश जान भनि म्यानपावर कम्पनीमा गएको थिएँ,’ उनले भने, ‘उमेरले ४० वर्ष कटेपछि नयाँ ठाउँमा जान नपाइने रहेछ । पुरानै ठाउँमा जान पाइन्छ भन्ने म्यानपावर कम्पनीले बतायो । केही महिना यतै हेर्छु । निकास निस्कियो भने ठीक छ । हैन भने पुरानै ठाउँ भएपनि जान सक्छु ।’

सापकोटाले नेपालमै काम गर्दा कतैबाट पनि सहयोग नपाउने तितो यथार्थ भोगेको बताउँछन् । ‘सरकारले रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रोजगार गरिरहेकालाई सहयोग गर्ने नीति लिएको छैन,’ उनले भने, ‘नेपालमा जति गरेपनि खानलाउन मात्रै पुग्छ । थप केही गर्न पूँजी जम्मा हुँदैन । काम गरेको भुक्तानी समेत नदिंदा युवा जनशक्ति विदेश पलायन हुनुको विकल्प हुँदैन ।’

  • लक्ष्मी
शनिबार, साउन २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.