सुनसरी । धरान उपमहानगरपालिका ८ भोटेपुलस्थित कंचनजंघा होटल एण्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रूपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













