• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलालीबाट पौने नौ अर्बको पशु निर्यात

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्रको रूपमा रहेको कैलाली जिल्ला पशु तथा पशुजन्य पदार्थ व्यापारको पनि केन्द्र बन्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा उत्पादन भएका खशी, बोका, भैंसी र दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्री एकाएक वृद्धि भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लाका खरिद बिक्री केन्द्रबाट आठ अर्ब ७६ करोड रुपैयाँको खशी, बोका, भैंसी र दूध तथा दुग्धजन्य पदार्थ प्रदेशबाहिर पठाइएको छ ।

पशु हाट बजार अत्तरियाका व्यवस्थापक बालकृष्ण भट्टराईले हाट बजार दैनिक ४० देखि ५० गोटा राँगा, भैंसी तथा राँगा संकलन हुने गरेको बताए । उनले दैनिक सोही परिमाणमा राँगा, भैंसी काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज लगायतका ठाउँमा पठाइने गरेको बताए । ‘दैनिक २–३ ट्रक राँगा, भैंसी पठाउने गरेका छौं,’ भट्टराईले भने, ‘राँगा, भैंसीको सबैभन्दा ठूलो माग काठमाडौं र पोखरामा छ । बाँकी ठाउँबाट पनि निरन्तर माग भइरहन्छ । दैनिक संकलनभन्दा माग बढी छ ।’

भैंसीपालक किसानले आफै आएर बिक्री गर्ने गरेका छन् । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट ल्याएर किसानले अत्तरिया हाटबजारमा बिक्री गर्ने गरेका छन् । केही वर्ष पहिले भारतबाट समेत भैंसी राँगा आउने गरेकोमा अहिले प्रदेशमै उत्पादन भएको भैंसी राँगाले माग धानिरहेको भट्टराईले बताए । ‘नेपालको सिमाना क्षेत्रबाट भारततिर लगेर बेच्छन् तर त्यताबाट नेपालमा ल्याएर बिक्री भइरहेको छैन,’ उनले भने, ‘पशुपंछी सिमाना वारिपारि लगेर बिक्री गर्नु लिगल छैन तर पनि सिमानाका किसानले केही पैसा बढी पाउने लालसामा पारिका व्यापारीलाई दिने गरेका छन् ।’

यद्यपि, टीकापुर पशु हाट बजारका ठेकेदार भूपेन्द्र साउँदले भैंसी, राँगा, खशी, बोकाको कारोबार पछिल्लो समय खस्किएको बताए । उनले टीकापुर हाट बजारबाट दैनिकै २र३ ट्रक राँगा, भैंसी, खशी, बोका बिक्री हुँदै आएकोमा अहिले हप्ताको २र३ ट्रक राँगा, भैंसी र दुई हप्ताको २र३ ट्रक खशी बोका बिक्री भइरहेका छन् । ‘खक्रौला भन्सार नाकामा क्वारेन्टाइनको व्यवस्था नभएको हुँदा भारतबाट ल्याएर बेच्न सकिने अवस्था पनि छैन,’ उनले भने, ‘हामीले नेपाल सरकारसंँग क्वारेन्टाइन माग गरेका छौं । क्वारेन्टाइन बनेपछि व्यापार अलि बढ्छ ।’

नेपाल भारत सिमानामा पशु ओसारपसार नरोकिएको बेला टीकापुर हाट बजारमा भारतबाट ल्याइएका राँगा, भैंसी बिक्री हुने गरेका थिए । टीकापुरसँग पहाडी जिल्लाको सडक यातायात नजोडिएकाले पहाडबाट आउने पशु चौपाया पनि ल्याउन नसकिने अवस्था रहेको साउदले बताए । उनले टीकापुर क्षेत्रका किसानले भैंसी, राँगा पाल्न छोडेर पावर टिलर, च्यांफाले खेत जोत्न थालेकाले पनि राँगा, भैंसीको कलेक्सन घटेको बताए । मासुका लागि बिक्री गरिने भैंसी राँगा अनुमानित तौलको आधारमा बिक्री हुने गरेको छ ।

व्यवस्थापक भट्टराईका अनुसार औषतमा प्रतिगोटा भैंसी राँगा ४० हजार रुपैयाँमा बिक्री हुन्छ । औषतमा दैनिक दुई ट्रक भैंसी पठाउँदा १६ लाख रुपैयाँको कारोबार हुने गरेको बताए । गौरीगंगा नगरपालिकामा खशी बोका खरिद बिक्री गरिरहेका वाशु कँडेलले दैनिक ६०र७० गोटा खशी बोका खरिद गरी बिक्री हुने गरेको बताए । उनले खरिद गरिएका खशी, बोका ट्रकमा राखेर काठमाडौं, पोखरा पठाउने गरेको बताए । उनले मासिक एक करोड रुपैयाँको खशी बोका बिक्री गर्ने गरेको बताए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको तथ्यांकअनुसार कैलालीबाट दैनिक चार ट्रक राँगा, भैंसी, चार ट्रक खशी बोका निर्यात हुने गरेको छ । एक ट्रकमा २० गेटा राँगा, भैंसी तथा १५० गोटा खशी बोका राखेर काठमाडौं, पोखरा लगायतका सहरमा पठाइने गरेको छ । भेटेरिनरी अस्पतालका डा। हेमराज अवस्थीले वार्षिक एक अर्ब ६० करोड ६० लाखको राँगा, भैंसी, तीन अर्ब ५० करोड ४० लाखको खशी, बोका, तीन अर्ब ४० करोडको दूध, आठ करोडको छुर्पी, १८ करोडको वटर, घ्यू निर्यात भएको छ ।

उनले सुदूरपश्चिम प्रदेशमा उत्पादन भएको भैंसी, राँगा, खशी, बोका, दूध, छुर्पी, वटर, घ्यू कैलालीमा संकलन गरी व्यापारीले देशका पूर्वी जिल्लामा पठाउने गरेका छन् । कैलालीबाट पनिर समेत सुर्खेतलगायतका जिल्लामा पठाइने गरेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहले पशुपालनका किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरेकाले पनि किसान पशुपालन गर्न थालेको डा। अवस्थीले बताए ।

‘किसानलाई निस्शुल्क पशु उपचार सेवा, विभिन्न महामारी रोगको नियन्त्रण, चल्ला, पाठापाठी निस्शुल्क वितरण लगायतको कारणले गर्दा किसानले पशुपालन गरिरहेका छन्,’ उनले भने, ‘कृषि ऋणमा व्याज अनुदान, लक्षित वर्ग कार्यक्रम अन्तर्गत किसानलाई पाठापाठी खरिद, औषधि, उपचार, गोवर परीक्षण, निस्शुल्क गरिन्छ । कृषि बिमा निस्शुल्क बनाइएको छ । कृषि बिमाको २० प्रतिशत प्रिमियम प्रदेश सरकारले र ८० प्रतिशत प्रिमियमका संघीय सरकारले बेहोर्ने गरेको छ । बिजुलीको बिलमा अनुदान लगायतका कारणले व्यावसायिक कृषि तथा पशुपालन सुधार हुँदै गएको छ ।’

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.