धनगढी । कैलालीको घोडाघोडी ताल आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल पर्यटकको रोजाइृमा पर्न थालेको हो ।
घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि दैनिक एक सय पचास पर्यटक सो क्षेत्रमा आउने गरेका छन ।
करीब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ। घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर क्षेत्रफल जमीन पर्दछ।
यसको कुल क्षेत्रफल २ हजार ५६३ हेक्टर रहेको छ। तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको हुँदा ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्यय पर्यटकहरू आउने गरेको स्थानियले वताएका छन ।
तस्बिर :टंक कुँवर


















