• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

स्थानीय तहको आलेप जिल्लाबाट गर्न माग

  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

धनगढी- स्थानीय तहको बेरुजु बढेको छ । स्थानीय तहको आन्तरिक लेखा परीक्षण (आलेप) र सार्वजनिक लेखा समिति (सालेस) प्रभावकारी नहुँदा बेरुजु बढेको हो । सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुको आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन र सुशासन प्रवर्द्धन सम्बन्धी अर्न्तक्रियामा सहभागीहरुले सो कुरा बताएका हुन् ।

धनगढीमा आयोजित कार्यक्रममा सहभागी प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले आफ्नै सुपरीक्षवेकले कार्यान्वयन गरेको कार्यक्रमको खर्चमा बेरुजु लेख्दा बढुवा रोकिने त्रासमा आलेपले स्वतन्त्र भएर लेखा परीक्षण गर्न नसक्ने बताए । कतिपय स्थानीय तहमा यस्तो खालको घटना समेत भएको बताउँदै प्रदेश लेखा नियन्त्रक जोशीले आन्तरिक लेखा परीक्षणमा स्थानीय तहले पूर्व लेखा परीक्षण विधि अपनाउन उपयुक्त हुने सुझाव दिए ।

कतिपय स्थानीय तहमा आलेप नभएको अवस्थामा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराउनुपर्ने थियो । तर स्थानीय तहले सो अभ्यास नगरेकाले आलेप कमजोर भई महालेखा परीक्षणमा स्थानीय तहको बेरुजु बढी आउने गरेको जोशीले बताए । स्थानीय तहको लेखा परीक्षणलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिमा आलेपहरुको दरबन्दी सिर्जना गरी जिल्ला भरीका स्थानीय तहको आन्तरिक लेखा परीक्षण जिल्ला समन्वय समितिले गर्नुपर्ने उनले बताए ।

यसले महालेखाको परीक्षणमा बेरुजु कम आउने र स्थानीय तह पिच्छे आन्तरिक लेखा परीक्षक खटाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ थियो । बेरुजु बढ्दै गए पनि सम्परीक्षण गर्ने तदारुकता नदेखाएकाले पनि स्थानीय तहमा बेरुजु बढ्दो अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । महालेखा परीक्षकले बजेट कार्यान्वयनमा संलग्न सम्पूर्ण उत्तरदायी अफिसरहरुसँग छलफल गरेर मात्रै बेरुजु कायम गर्ने व्यवस्था भए पनि त्यस्तो नगरिएकाले स्थानीय तहको बेरुजु बढ्दै गएको उनीहरुले बताए ।

गौरीगंगा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले स्थानीय तहको आवश्यकता नहेरी प्रदेश र संघ सरकारले बजेट विनियोजन गर्दा स्थानीय तहलाई कार्यान्वयन गर्न गाह्रो भएको बताए । ‘स्थानीय तहको आवश्यकता एउटा हुन्छ, प्रदेश र संघ सरकारले अर्कै योजनामा बजेट विनियोजन गरी पठाइदिन्छन्,’ उनले भने, ‘प्रदेश र संघको बजेट कार्यान्वयनका लागि उपभोक्ता समिति बनाउन गाउँमा निकै कठिन छ । कुनै ठाउँमा प्रहरी प्रशासन खटाएर मात्रै उपभोक्ता समिति गठन गर्नुपर्छ ।’ प्रदेश र संघ सरकारले कार्यकर्ताको आग्रहमा बजेट विनियोजन गरी सशर्त अनुदान पठाउँदा स्थानीय तहलाई कार्यान्वयन गर्न कठिन हुने गरेको उनले बताए । दबाबमा गरिएको कार्यक्रमको बेरुजु स्वाभाविक रुपमा आउने उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आफ्नो कार्यकालमा उपभोक्ता समितिमार्फत् योजना कार्यान्वयन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको बताए । उनले जिल्लामा रहेका ससाना योजनाको कार्यान्वयन गर्नका लागि ती सबै योजनाहरुलाई एकीकृत गरी टेण्डरमार्फत् कार्यान्वयन गर्ने व्यवस्था गर्दा आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेको बताए ।

कार्यक्रममा कमीटेडका परियोजना व्यवस्थापक अनिरुद्र न्यौपानेले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको लेखा परीक्षण, बेरुजु सम्परीक्षण, बजेट निर्माण, वित्तीय सुशासनलगायतका विषयमा कमीटेडले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले ८८ वटा स्थानीय तहमध्ये २५ वटा स्थानीय तहले मात्रै सार्वजनिक लेखा समिति गठन गरेको बताए । सार्वजनिक लेखा समिति गठन भएकामध्ये अधिकांश स्थानीय तहमा नगरप्रमुखकै पार्टी र कार्यपालिका सदस्यलाई नै लेखा समिति संयोजक बनाइएको उनको भनाइ थियो ।

उनले ६ वटा स्थानीय तहमा मात्रै कार्यपालिका सदस्य बाहेकका तथा गाउँ नगर सभा सदस्यलाई सार्वजनिक लेखा समितिको सदस्य बनाइएको बताए । गठन भएकामध्ये १२ स्थानीय तहमा सार्वजनिक लेखा समितिको बैठक नै नबसेको न्यौपानेले बताए । उनले स्थानीय तहमा सार्वजनिक लेखा समिति प्रभावकारी हुन नसक्दा बेरुजु सम्परीक्षण हुन नसकेको धारणा राखेका थिए ।

शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.