• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढ्दो

  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

धनगढी- थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढेको छ । पछिल्लो समय गैरथारूसमेतले घोँगीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो । घरमा खानदेखि लिएर होटेलमा तरकारी बनाएर आगन्तुकलाई खुवाउनका लागि घोँगीको किनबेच भइरहेको छ ।

घोँगी धान खेतको दल दल, घोल, ताल, खोलानालामा प्राकृतिक रूपमा पाइने जलीय जीव हो तर यसको माग बढेसँगै पछिल्लो समय माछा पालन गरिएको पोखरीमा पनि व्यावसायिक रूपमा घोँगी पाल्न थालिएको छ । विभिन्न ठाउँमा पाइएका घोँगी सहर बजारमा ल्याएर बिक्री गर्न थालिएको छ ।

प्राकृतिक रूपमा पाइएका घोँगी बिक्री गरेर थारू समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । दैनिक ३०र३५ केजी घोँगी र घोङ्घाको व्यापार गरेर तीन हजारदेखि साढे तीन हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पौलाहाकी सुमन चौधरीले बताइन्। उनले पौलाहाबाट ल्याएर धनगढीमा घोँगी र घोङ्घा प्रतिकेजी एक सय रुपियाँमा बिक्री गर्ने गरेको जानकारी दिइन् ।

“घोँगी, घोङ्घा गरेर एक दिनमा ३०र३५ केजी बिक्री गर्दै आएका छौँ,” चौधरीले भनिन् “पहिले अलि बढी कमाइ हुन्थ्यो । अहिले भाउ बिग्रेर त्यति धेरै भएको छैन, तर एक जनाले दैनिक तीन हजारसम्म पैसा लैजाने गर्दछौँ ।” चौधरीका अनुसार पौलाहामा नदीले छोडेको घोलमा प्रशस्त मात्रामा घोँगी र घोङ्घा पाउने गरेको छ । त्यो सङ्कलन गरेर धेरै महिला बिक्रीका लागि धनगढी आउने गरेका छन् । “अहिले हामीहरू एक समूहमा सात जना घोँगी बेच्न आएका छौँ,” उनले भनिन् ।

घोँगी र घोङ्घा दुवै उस्तै जलीय जीव हुन् । घोँगी केही हदसम्म सानो र घोङ्घा ठुलठुलो हुने गर्छ । थारू समुदायका मानिसले घोँगी र घोङ्घाको तरकारी सदियौँदेखि खाँदै आएका छन् । समुद्री खाना अन्तर्गत पर्ने घोँगी र घोङ्घाबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुने गरेको बताइएको छ । ‘बलियो हुनु छ भने घोँगी खाउ’ भन्ने एउटा भनाइ पनि थारू समुदायमा प्रचलित रहेको छ ।

हिउँदमा तालतलैयामा मात्रै कम मात्रामा पाइने घोँगी वर्षायाममा भने यत्रतत्रको पानीमा बढी पाइने गर्छ । घोँगीको तरकारी अत्यधिक रुचाउने थारू समुदायका मानिसले खेतको दल दलदेखि तालमासमेत घोँगी खोज्ने गर्छन् । विशेष गरेर महिलाले दिनभरि घोँगी खोजेर त्यसको तरकारी परिवारलाई खुवाउने गर्दछन् । सहरका होटेलमा घोँगीको माग बढ्दै गएपछि पछिल्लो समय माछा पालक कृषकले माछा पोखरीमा घोँगीको व्यावसायिक पालन गर्न थालेका छन् । घोँगीले माछालाई कुनै असर नगर्ने गरेका कारण उनीहरूले माछासँगै घोँगीसमेत पाल्न थालेका हुन् । यस कार्यले दोहोरो फाइदा हुने गरेको माछा पोखरीमा घोँगी पाल्दै आएकी कैलारी गाउँपालिका–६, बेनौलीकी माछापालक कृषक प्रमिला चौधरीले बताइन् ।

यस वर्ष पोखरीबाट प्रतिकेजी २८० का दरले हालसम्म ४०र५० केजी घोँगी बेचेको उनले जानकारी दिइन । “अझै एक पोखरीको घोँगी बिक्री गर्न बाँकी छ,” उनले भनिन् । घोँगी पोखरीमा राखेपछि हेरचाह वा स्याहारसुसारबिनै हुर्किने गरेको किसानको भनाइ छ । गाेरखापत्रबाट

  • घोँगीको
शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.