• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

पहिलो तलबले आमाको चप्पल र गुन्यु किन्ने पदमको धोको

  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित

बैतडी- भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर माध्यमिक तहको अङ्ग्रेजी विषयको स्थायी शिक्षकमा नियुक्त भएका पदम विश्वकर्माले पहिलो तलब आउनेबित्तिकै आमालाई चप्पल र गुन्यु किन्ने बताएका छन् ।

पदम बुवाको वार्षिकी मनाउन बैतडीबाट मङ्गलबार डोटी पुगेका छन् । उनका पिता दिलु कामीको यही मङ्सिर १३ गते वार्षिक पुण्यतिथि रहेको छ । मिर्गौला रोगबाट पीडित पदमका बुवा दिलु कामीको गत वर्ष निधन भएको थियो ।

भारतमा चौकीदारी गरेर पढाइ गरेका दिपायल सिलगढी नगरपालिका–८, डोटीका पदमको पदस्थापन बैतडीको मेलौली नगरपालिका–४, तिताबैस्थित विजयपुर माविमा भएको छ । शिक्षक सेवा पास गरेर विद्यालयमा हाजिर भएर उनी बुवाको वार्षिकी मनाउन घर गएका हुन् । घर पुग्दा बुवाको तस्बिर छातीमा टाँसेर पदमले आमा, दुई जना भाइ, श्रीमती र दुई छोरासँग सामूहिक तस्बिर खिचेका छन् ।

आमाको खुट्टा र आँगनको माटोलाई ढोगेर उनले परिवारसँग सुख साटेको बताए । घर पुग्दा बुवाको अभाव खट्किएको बताए । शिक्षक सेवा आयोगको तयारी गरिरहेकै बेला बुवाको निधनले विक्षिप्त बने पनि बुवाको हौसला टुट्न नदिएको पदमले बताए । मजदुरी गर्दै उपचार गराइरहेका बुवाको मिर्गौला फेर्न नसकेपछि घर फर्काएर ल्याउँदै गर्दा गत वर्ष बिच बाटोमै निधन भएको उनले बताए ।

गरिबीले खान लगाउन नपाएपछि उनका बुवा दिलु कामीसँगै पदम पनि २०६२ सालमा सुदूरपश्चिमबाट भारतको मुम्बै गएका थिए। पदम त्यतिबेला नौ वर्षका थिए । बुवासँगै होटेलमा भाँडा माज्ने काममा लागेका पदमले बुवाको प्रेरणाले त्यहाँ कक्षा ४ देखि १२ सम्म पढ्ने मौका पाए । त्यसपछि स्वदेश फर्केर डोटी बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी मूल विषय लिएर पदम बिएड उत्तीर्ण गरेर शिक्षक सेवा आयोगबाट मावि स्थायी शिक्षक बन्न सफल भएका छन् ।

पदम विश्वकर्मा अरूका लागि पनि प्रेरणाको स्रोत भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । उनले, शिक्षा आर्जन गर्ने चाहना भए जस्तोसुकै परिस्थितिले पनि रोक्न नसक्ने पदम एक उदाहरण बनेको बताए ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण पदमका दुई जना भाइ दशरथ विश्वकर्मा र अशोक विश्वकर्माले अध्ययन गर्न सकेनन् । उनका दुवै भाइ कक्षा ७ र ८ को बिचमै पढाइ छाडेर भारत गएका थिए । दुई जना भाइको कमाइले पनि बुवाको उपचार सम्भव नभएपछि घर फर्काउनु परेको पदमले पीडा सुनाए । बुवाको वार्षिकी मनाउन भाइहरू पनि मुम्बईबाट घर फर्किएको उनले बताए ।

वार्षिकी मनाएर दुई छोरालाई आफूसँगै बैतडी लगेर पढाउने धोको रहेको पदमले सुनाए । भाइहरूले विवाह गर्ने तयारी गरेकाले आमाको हेरचाह हुने भएकाले बालबच्चालाई साथमै राखेर पठाउने योजना रहेको उनले बताए । गोरखापत्रबाट

  • पदम
बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने
धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै
सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

समाचार

सबै

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.