कैलाली । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मानब जाती र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको बताएका छन । उनले यस्को न्युनिकरणका लागी मन्त्रालय लागी परेको बताए । शनिवार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले सो कुरा औल्याएका हुन ।
उनले मानवबीचको द्वन्द्व न्यूनीकरणको अहिलेको आबस्यतmा हुदै गएको बताए । मन्त्रालयले अहिले त्यस अनुसार योजना बनाइरहेको उनले बताए ।
उनले भने, ‘कैलाली कंचनपुर घुम्दा पनि मानव र वन्यजन्तुबीचको द्वन्द्वले समस्यामा पारेको भेटियो, अब न्यूनीकरणका लागि योजनासहित अघि बढछौ ।’ मन्त्री शाहीले कञ्चनपुरमा आरक्षबाट पीडितलाई व्यवस्थापनका लागि आयोग बनेको त्यसको अवस्था पनि बुझेको बताए । उनले भने, ‘अब वनलाई जनतासँग जोडेर समृद्धितर्फ लाग्नुपर्छ, बनलाई पर्यटनसँग जोडनु पर्छ ।’
पूर्वाधार अभावले पर्यटन विकास नभएको मन्त्री शाहीको भनाइ छ । धार्मिक र पर्यटकीयस्थल संरक्षण अभावमा ओझेलमा परेकाले अब सरकारले संरक्षणको योजना बनाउने उनले बताए । बाजुराको बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीको भनाइ छ ।
उनले भने, ‘अब बडिमालिका संरक्षणको योजना बनाएर तत्काल सरकार अघि बढछ ।’ वर्तमान सरकार एउटा ऐतिहासिक सम्झौता र सहमतीमा बनेको बताउँदै मन्त्री शाहीले जनताको निराशालाई आशामा बदल्ने गरि सरकार अघि बढेको उल्लेख गरे ।














