धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
उनले ४६८ मत प्राप्त गरेका छ्न, भने एमालेका थापा ३०१ मत प्राप्त गरे । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी कुमारी खड्का ३१ मत, माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापा २६ मत पाएका छन ।














