धनगढी । कैलालीको मोहन्याल गाउँपालिका- ३ का वडाध्यक्ष नन्दराम गिरीको निधन भएको छ ।
वडाध्यक्ष गिरीको क्यान्सरका कारण असामायिक निधन भएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । गिरी डेढ वर्षदेखि क्यान्सरले ग्रसित रहेका थिए।
शुक्रवार उनको उपचारको क्रममा दोदधारा अस्पतालमा निधन भएको हो।













